images
images

देउवा, विप्लप र प्रकाण्डको  भेटघाट किन ?

देउवा, विप्लप र प्रकाण्डको  भेटघाट किन ?

बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • देउवा, विप्लप र प्रकाण्डको  भेटघाट किन ?
    images
    images

    काठमाडौँ/  नेपाल कम्युनिस्ट पार्टीका शिर्षथ नेता र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बुधबार अपरान्ह भेटवार्ता भएको छ। 

     नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड बिच भेटघाट भएको छ । 

    सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको श्रोतले बतायो ।  

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्र अनुसार उक्त भेटबार्तामा अर्थपूर्ण रहेको बताएका छन् । 

    सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठुलो दल रहेको नेपाली कांग्रेसले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा महत्वपूर्ण रहने भन्दै तीन बुँदे सहमति कार्यन्वयनमा पहल लिन आग्रह गरेको उल्लेख गर्दै नेकपा नेता राजेन्द्रले भने, तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्नुपर्ने सर्त राखेका छन् । 

    नेपाली कांग्रेसलाई बिशेष पहल लिन आग्रहसमेत गरिएको छ । 

    अहिले विप्लव नेतृत्व कम्युनिस्ट पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको छ । 

    उत्पादनका कार्यलाई सरकारी तवरवाट बिशेष सहयोग उपलब्ध गराउनु पर्ने प्रस्ताब समेत राखेका छन् । 

    यसैगरी, उक्त भेटवार्तामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफू दृढ भएको बताउँदै सरकारसंग छलफल गर्ने र छिटै टुङ्गोमा पुर्याउने आश्वासन विप्लवलाई दिएको श्रोतले बतायो । 

    उनले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने समेत समेत बताएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार