images
images

आजको मौसम : तराईमा हल्का हुस्सु हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हल्का हुस्सु हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • images
    images
    आजको मौसम : तराईमा हल्का हुस्सु हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    images
    images

    आज मंगलबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    images
    images

    अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। 

    तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

    मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार