images
images

कांग्रेस र एमाले सहकार्य ८४ को निर्वाचनसम्म रहन्छ : मन्त्री अधिकारी

कांग्रेस र एमाले सहकार्य ८४ को निर्वाचनसम्म रहन्छ : मन्त्री अधिकारी

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • कांग्रेस र एमाले सहकार्य ८४ को निर्वाचनसम्म रहन्छ : मन्त्री अधिकारी
    images
    images

    नेपालगञ्ज / नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका भूमिब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री बलराम अधिकारीले नेपाली कांग्रेससँगको सत्ता सहकार्य २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन् । 

    शुक्रबार नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राजनीतिक स्थिरता, संविधान संशोधन र जनताले अनुभूत गर्ने गरी विकास निमार्णका काम गर्नका लागि सरकार बनेको दावी गर्दै अधिकांश कामहरू सम्पन्न हुने चरणमा रहेकाले यो सरकारले जनताको बिकासप्रतिको चाहाना पूरा गर्ने बताए । 

    मन्त्री अधिकारीले एमाले र कांग्रेसका केहि मन्त्री फेरिने कुरा हावादारी रहेकोे भन्दै सरकारलाइ अस्थिर बनाउन यस्ता अधारहिन समाचार ल्याउने काम भएको बताए । एक फरक प्रसंगमा मन्त्री अधिकारीले सहकारीको क्षेत्रमा सरकारले गर्नुपर्ने सबै काम गरी सक्ने बताए । 

    सहकारी ऐन संसोधन एक महिना भित्रै गरिसक्ने, कर्जा असुली न्यायाधिकरण गठन ,दोस्रो तहको नियामक निकाय (एसटिआइ) गठन गर्ने, कर्जा सूचना केन्द्रमा बित्तिय सहकारीलाइ आबद्ध गर्ने काम अबको १–२ महिना भित्र सम्पन्न गर्ने बताए । 

    मंसिर १५ भित्रै भुमि आयोगका जिल्ला संरचना गठन हुने र अवको ५, ६ महिनाभित्रै सरकारले भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरणको काम अघि बढ्ने मन्त्री अधिकारीको भनाई छ । 

    मन्त्रालयको कामले बाँके जिल्ला आएको बेला अगुवा कार्यकर्ता भेला आयोजना गरीएको एमाले जिल्ला अध्यक्ष निरक गुरुङले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार