images
images

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, कति छन् श्रम स्वीकृति लिने  ?

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, कति छन् श्रम स्वीकृति लिने  ?

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो, कति छन् श्रम स्वीकृति लिने  ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह बढेर ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । 

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय  ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

    असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार