images
images

सेयर बजारमा करेक्सन : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, वित्त समूहमा आकर्षण

सेयर बजारमा करेक्सन : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, वित्त समूहमा आकर्षण

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • सेयर बजारमा करेक्सन : नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, वित्त समूहमा आकर्षण
    images
    images

    काठमाडौँ / मङ्गलबार सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्ला दिनको तुलनामा यो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ११.२४ अङ्कले घटेको हो । 

    आइबारदेखि लगातार उकालो लागेको नेप्से परिसूचक आज ०.४० प्रतितले घटेर २ हजार ७ सय ४८.९६ बिन्दुमा झरेको छ । 

    अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २ हजार ७६०.२१ मा पुगेको थियो । नाफा बुक गरेर बजारबाट बाहिरिनेहरूका कारण आज बजार घटेको देखिन्छ । 

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले ओरालो लागेर ४ सय ८८.७८ मा सीमित भएको छ । 

    कूल १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७ सय ९८ रुपैयाँ मूल्यमा खरिदबिक्री भएको छ ।

    सोमबार भने कुल २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको थियो।  मङ्गलबार नेप्सेसँगै कारोबार कित्ता र रकममा समेत उच्च गिरावट आएको देखिन्छ । 

    कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ । 

    अन्य, लघुवित्त, हाइड्रोपावरलगायतका समूहका परिसूचकमा उच्च गिरावट आए पनि मङ्गलबार वित्त समूहमा भने लगानीकर्ताहरूको आकर्षण बढेको छ । अन्य समूहको परिसूचक १.१८ प्रतिशतले घट्दा वित्त समूहको परिसूचक भने १.१२ प्रतिशतले बढेको हो ।

    नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

    वेस्ट फाइनान्स ९.९९, एनएलजी इन्स्योरेन्स कम्पनी ९.९९ र समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६१ प्रतिशतले कमाएका छन् । 

    गुडविल फाइनान्स ९.३६,आँखु खोला जलविद्युत् कम्पनी ४.९१,माछापुच्छ्रे बैङ्क ४.५९,अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी ३.७१ र हिमालय बैङ्कको बन्डका लगानीकर्ताले ३४८ प्रतिशतले गुमाएका छन् । 

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स अग्रस्थानमा रहेको छ । २९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई यो कम्पनी अग्रस्थानमा हुँदा दोस्रो स्थानमा बेस्ट फाइनान्स छ । यो कम्पनीको २९ करोड २५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार