images
images

सेयर बजार : तिहारपछि खेलेको बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, निर्जीबन बिमामा आकर्षण

सेयर बजार : तिहारपछि खेलेको बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, निर्जीबन बिमामा आकर्षण

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • सेयर बजार : तिहारपछि खेलेको बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, निर्जीबन बिमामा आकर्षण
    images
    images

    काठमाडौँ / तिहारपछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । यो दिन नेप्से परिसूचक उचारचढाव ०.२१ अङ्कले घटेर २ हजार ६७७.४० बिन्दुमा कायम भएको छ । मङ्गलबार नेप्से परिसूचक सबैभन्दा माथि २ हजार ६९६.८५ विन्दुसम्म पुगेको थियो भने घटेर २ हजार ६७०.१२ विन्दुसम्म झरेको थियो । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकमसमेत अघिल्लो कारोबारको दिनको घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ९५ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब २० करोड ५५ लाख रुपैयाँमा झरेको छ ।

    मङ्गलबार ३०२ ओटा कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४७ हजार ५१५ पटकमा कारोबार भएको छ । तिहार अघिको अन्तिम कारोबार दिनमा नेप्से १४.४३ अङ्क घटेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८२ अङ्कले घटेर ४७७.९९ बिन्दुमा झरेको छ भने फ्लट इन्डेक्स ०.१० अङ्कले घटेर १८४.४८ मा झरेको छ । 

    निर्जीबन बिमा समूहमा आकर्षण 

    मङ्गलबार सेयर बजारका १३ ओटा उपसमूहमध्यमे निर्जीबन बिमा समूहमा आकर्षण बढेको छ । कारोबारमा आएका ७ ओटा समूहको परिसूचक बढेको छ भने बाँकी ५ ओटाको घटेको छ । 

    निर्जीबन बिमा समूहको परिसूचक १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूहको परिसूचक ०.८१ प्रतिशतले घटेको छ । त्यस्तै, आज होटल्स तथा पर्यटन समूहको परिसूचक ०.८२ प्रतिशत, हाइड्रोपावरको परिसूचक ०.७७ प्रतिशतले बढेको छ । 

    यसैगरी, व्यापार समूहको परिसूच्क ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.४८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.२९ प्रतिशतले घटेको छ । मङ्गलबार सुपरमाइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १४० रुपैयाँ ७० पैसा कायम भएको छ ।

    यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर ४ हजार ५७ पैसा, युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ९.५१ प्रतिशतले बढेर ३७२ रुपैयाँ र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले बढेर १ हजार ९४४ रुपैयाँ ५० पैसा कायम भएको छ । 

    यता, मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यो दिन यो कम्पनीको सेयर मूल्य ९५५ रुपैयाँ ४० पैसामा झरेको छ भने सुपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यसमेत ८.९४ प्रतिशतले घटेको छ । 

    आजको कारोबार रकममा नेपाल फाइनान्सको हिस्सा रहेको छ । प्रतिकित्ता १ हजार ५५० रुपैयाँ मूल्य रहेको यो कम्पनीको आज २९ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सानिमा जिआइसी इन्स्योरेन्सको १६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७६१ रुपैयाँ कायम भएको छ । 

    एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर मूल्य १ हजार ३५२ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रतिकित्ता ६६० रुपैयाँ ८० पैसा रहेको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख २२ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएके छ । 


     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार