हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ ।
यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र खरिदारी गरिन्छ । त्यो ११ बजेपछिको समयलाई निर्धारण गरिन्छ । उदय त द्धादशीमा भएको थियो तर साधना अनुष्ठान बेलुकाको छ ।
बिहान गाईपूजा गरेर त्यही दिनको बेलुका दिपामालिका गर्ने चलन छ । तर यस पटक चाँही औंसीको तिथि जुन हुन्छ त्यो दिनमा नै यसलाई सुखरात्री भनेर भनिएको छ । यसपटक सुखरात्री एकदिन पहिले लक्ष्मिपूजा परेको छ ।
यदाकदा यो अशुभ स्थितिहरु बन्नसक्छ । विषेशगरी हाम्रो धर्मशास्त्रमा चारवटा महारात्रीहरु छन् । त्यसमा कालरात्री, महारात्री, मोहरात्री र सुखरात्री । महारात्रीलाई शुभरात्री भनिन्छ । भगवान श्रीकृष्णको जन्म भएको दिनलाई मोहरात्री भनेर भनिन्छ । अनि दशैंको अष्टमीको रातलाई कालरात्रीको रुपमा मान्छौं । त्यसैगरी, लक्ष्मीपूजाको दिनलाई सुखरात्रीका रुपमा मनाउने गरेका छौं ।
कार्तिक कृष्णपक्षमा यमपञ्चक पर्दछ । यो कहिल्यै पनि दाँयाबाँया हुँदैन् । यसका शास्त्रीय तीनवटा कारणहरु छन् । शास्त्रको मर्यादाहरु पनि छन् । यसमा एउटा त देवासुत्संग्राम भएपछि जब देवदानवको युद्ध भयो तत्पश्चात एउटा सम्झौता भयो । समुन्द्रमन्थनको प्रस्ताव दुईवटै पक्षले स्विकार गर्यो । समुन्द्रमन्थन हुँदाखेरि १४ वटा रत्नहरु प्रकट भएका हुन् । अनि त्यहाँ एकातिर देउता र अर्कोतिर दानव भए । त्यहाँ एउटा नागलाई बनाएर विष हुने टाउकोतिर दानवहरु र पुच्छरतिर देउताहर बसे । त्यहीबाट १४ रत्न पत्ता लागेका हुन् ।
लक्ष्मीजी पनि १४ रत्नबाट प्रकट भएकी हुन् । भगवान धनवन्तरी समुन्द्र मन्थनबाट नै प्रकट हुनुभएको हो । अनि भगवान धनवन्तरी लोक कल्यणका लागि, आफ्ना देव देवतालाई अमर बनाउनका लागि अमृत घडा लिएर प्रकट हुनुभयो । अनि यही त्रयोदशी र यशी प्रदोषकाल पनि त्यतिबेलै प्रकट हुनुभएको हो । त्यसैले यो त्रयोदशीलाई प्रदोष पनि भन्ने गरिन्छ । देवताहरुले अमरत्व प्राप्त गरेको दिनलाई धनवन्तरी भनेर पनि मान्ने गरिन्छ । शास्त्रमा हेर्ने हो भने मृत्युका देवता भनेर यमराजलाई भन्ने गरिन्छ । यमदेव मृत्यका देवता हुनुहुन्छ । र सुर्यपुत्र हुनुहुन्छ शनी । यम र शनी दाजुभाई हुन् ।
काग तिहारको प्रसंग उल्लेख गर्दा मृत्युको प्रसंग पनि जोडिन्छ । मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन् । मृत्युको सन्देश अप्रिय हुन्छ । कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्नेगर्छ । कागलाई सञ्चार माध्यमको रुपमा मानिन्छ । अहिले पनि गाँउघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ । त्यसले यमराजलाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ । साथै प्रकृतीको लागि पनि काग महत्वपूर्ण छ ।
विशेषगरी यमराजको दूतको रुपमा काग आउने गर्छन । एउटा प्रकृतीको स्रोतको रुपमा अथवा संवाहकको रुपमा पूजा गरिन्छ । हरेक दिदीबहिनीलाई आफ्नो दाजुभाईले बोलाएको हुन्छन । त्योबेला केही अशुभ समाचार लिएर नआओस भनेर खुशी बनाउनको लागि प्रसादहरु दिएर कागको पूजा गर्ने गरिन्छ ।
त्यसैगरी कुकुरलाई भैरव र यमराजको द्वारपालको रुपमा पनि मानिन्छ । त्यही भएर यमसँग सम्बन्धित भएकाले पूजा गरिन्छ । त्यसपछि गौ पूजा गर्छौ । तिहारका हरेक दिन मृत्युसँग सम्बन्धित छन् । गाई भनेकै लक्ष्मी पनि मानिन्छ, गाईलाई लक्ष्मीलाई अर्को एउटा नाम मध्यमा सुरभी पनि भनिन्छ । गाईलाई सनातनमा जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्महरुमा शुद्धताको रुपमा पुजिन्छ । गाइको गहूँतलाई जुनसुकै कर्ममा पनि प्रयोग गरिन्छ ।
त्यसैले वैतरणी गर्दापनि धर्म शास्त्रमा गाईको महत्व छ र संसारिक जीवनमा पनि लक्ष्मीको महत्व छ । सासदेखि दूध, गोबर जतिपनि गाईबाट प्राप्त हुने बस्तुहरु छन् । ती सबै लोकको कल्याण र जीवनको हितको लागि छन् ।
हाम्रो घरआँगन गाईको गोबरले लिप्ने चलन छ । पञ्चकको पहिलो पञ्चक नै घरमा गाईको गोबरले लिपेर शुद्ध गर्ने चलन छ । तेस्रो दिन भने हाम्रो देह, भाव, चरित्र, कर्म र आत्माशुद्धीको लागि पनि गाइको पहिले पूजा गरेर त्यसपछि लक्ष्मीको पूजा गरिन्छ ।
त्यसको भोलिपल्ट गोबर्धन पूजा गर्छौ त्यहाँ हाम्रो भगवान कृष्ण गोबर्धन पर्वत उठाएर सबैको रक्षा गर्नु भन्ने प्रसंग छ । त्यो दिन अन्नकुट पर्वत र गोबर्धन पर्वत दुबैको पूजा हुन्छ । त्यस दिन अभावमा भएका मान्छेहरुको लागि अन्न दान गर्नु र अभाव भएकाहरुको लागि वस्त्र दान गर्नु, विशेषगरी अन्नको भोजन गराउनु, दिनदुखीहरुको कल्याण गर्नु, चाडपर्व मनाउनको लागि सामान जुटाएदिनु राम्रो हुन्छ । त्यसैगरी नन्दी भगवान शिवसँग नजिक भएका हुनाले गोरुपूजा पनि गरिन्छ ।
गोरुलाई नन्दीको रुपमा र उसमा भएको धैर्यता, पराक्रम, बल सबैको लागि गोरु पूजा गरिन्छ । पूजा गर्नुको कारण एउटा प्रकृतीको पूजा पनि । अन्य धर्म, संस्कारमा गोरुको पूजा गरिदैँन् । सर्प, काग, कुकुरको पूजा गरिदैँन् । साथै नदी, पिपल, तुलसी, कुश सबै प्रकृतीमा भएका हितकर कुरा सबैलाई हामीले देवता मानेका छौं ।
गोरु पूजा सम्पन्न भएपछि भाइलाई पूजा गर्ने चलन छ । सम्पूर्ण कर्म पूरा गरेको छु, अनुष्ठानमा बसेको छु र भाईको सेवाको लागि म एकदम समर्पित छु भन्ने भाव प्रकट गरिन्छ । सबै अन्न मिष्ठानका सामानहरु लिएर दिदीबहिनीले दाजुभाईलाई दिने र दाजुभाइले पनि दिदीबहिनीलाई चाहेको वस्तुहरु दिने चलन छ । जसले भाइटीकाका दिनमा आफ्नो बहिनीले बनाएर दिएको मिष्ठान अथवा पानी नै भएपनि श्रद्धाले दिएको छ भने श्रद्धाको साथै ग्रहण गर्नुपर्छ । उसको जीवनमा कहिले गरिबी आउदैँन्, प्रेमको अभाव हुदैँन् ।
अब तिहार मनाउने प्रचलनको कुरा गर्दा भारत र नेपालमा भिन्न रहेको पाइन्छ । भारतमा दिवाली भन्छन्, नेपाल दिपावली भन्छौ । हाम्रो दशैँ र अन्य हिन्दुको दशैँ फरक छ । संस्कृती एउटै हो भनेपनि धेरै कुराहरु फरक छन् । हाम्रो मौलिक पर्व हो भने उनीहरुको उत्सव मात्र हो ।
धन्तेरस हाम्रो होइन । त्रयोदशी तिथि त सबैको हो । जुन विश्वव्यापी मानिएको छ । प्रकृतिमा रहेको क्यालेन्डरलाई सबैले पलो गर्नैपर्छ । यमापञ्चकको प्रथम दिवस भनेको यमापञ्चकको प्रथम दिवस नै हो । त्यसलाई मान्ने तवर तरिकामा फरक होला । शास्त्रमा फलामका चिजहरु, औजारहरु नकिन्नु, केमिकलहरु नल्याउनु भनिएको छ । सकेसम्म पाँच दिन यमको र शनिको चिजहरु घरमा नल्याउनु सेलरोटी हाल्ने तेलपनि पहिले नै किन्नु भनिन्छ ।
अर्को रोचक कुरा के छ भने लेदर अर्थात छालाजन्य पदार्थबाट बस्तुहरु उपहार दिनु हुँदैन । लेदरका चिजहरु शनिमा पर्छन् । यस्तो उपहार कहिल्यै दिनुहुँदैन । घडी कहिल्यै पनि उपहार दिनु हुँदैन । किनकी काल पुरुषको केन्द्रविन्दु हो । कसैलाई सिध्याउनु छ भने जुत्ता या घडी दिनु आफै एक वर्षमा सिधिन्छ । कसैसँग सम्बन्ध टाढा राख्नु छ भने शनिबार छाला या जुत्ता उपहार दिनु उ आफैं टाढा भएर जान्छ । रत्न, कमलको आसनका चिजहरु सुगन्धीत अख्तरहरु घरमा ल्याउँदा राम्रो हुन्छ । फलाम छाडेर नयाँ केही न केही तामा, पित्तल, चाँदी, सुन जे सकिन्छ एउटा खरिद गर्दा राम्रो हुन्छ ।
धनियाँ ल्याएर यमपञ्चकभरी पूजा गरिन्छ । यसको अलग्गै महत्व छ ।
लक्ष्मीलाई बोलाउँदा नारायणसहितको आह्वान ग¥यो भने घरमा राम्रो हुन्छ । नत्र दुई दिन आउनुहुन्छ पाहुनाको रुपमा फर्कनुहुन्छ । पूजा गर्दा लक्ष्मी नारायणसहित गर्नुपर्छ । विशेषगरी नवरत्नहरु नौ जिचहरु ,अमृतहरु र विभिन्न किसिमका जडिबुटीहरु अमृत घडा थापना गर्दा राम्रो हुन्छ । कालो हलेदो, सेतो हलेदो, पहेलो हलेदो, बेसार, धतुरोको विशेष महत्व छ । जसलाई भाइटीकामा जलले अभिषेक गरेर दिर्घायूको कामना गरिन्छ ।