images
images

सेयर बजारमा उत्साह : नेप्से २६९२ बिन्दुमा उक्लियो, निर्जीबन बिमा, होटल्स र विकास बैंकमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा उत्साह : नेप्से २६९२ बिन्दुमा उक्लियो, निर्जीबन बिमा, होटल्स र विकास बैंकमा झुम्मिए लगानीकर्ता

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • सेयर बजारमा उत्साह : नेप्से २६९२ बिन्दुमा उक्लियो, निर्जीबन बिमा, होटल्स र विकास बैंकमा झुम्मिए लगानीकर्ता
    images
    images

    काठमाडौँ / मङ्गलबार पनि सेयर बजार दोहोरो अङ्कले बढेको छ । सोमबारको लयलाई पछ्याउँदै मङ्गलबार पनि बजार बढेपछि सेयर बजारले लय समात्ने अनुमान गरिएको छ । तिहार सुरु भएको पहिलो दिन नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४६.६९ अङ्कले बढेर २ हजार ६९२.५ बिन्दुमा उक्लिएको हो । 

    नेप्से परिसूचकसँगै आज सेन्सेटिभ इन्डेक्स ८.३३ अङ्कले बढेर ४८१.२८ बिन्दुमा पुगेको छ भने फ्लट इन्डेस ३.३७ अङ्कले बढेर १८५.७२ बिन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ फ्लट इन्डेक्स २.९० अङ्कले बृद्धि हुँदा १५९.२५ बिन्दुमा पुगेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले जनाएको छ ।

    मङ्गलबारको कारोबार रकममा समेत बृद्धि भएको छ । सोमबार ५ अर्ब ३४ करोडको कारोबार भएको बजारमा यस दिन ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस दिन ३१९ धितोपत्रको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६८ हजार ६१४ पटकमा कारोबार भएको छ । 

    सेयर बजार बढेसँगै आज बजार पुँजीकरण रकमसमेत बढेर ४२ खर्ब ८३ मअर्ब ३ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

    निर्जीबन बिमा, होटल्स र विकास बैंक समूहमा आकर्षण 

    कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये मङ्गलबार पनि सबै समूहको परिसूचक बढेको छ । यो दिन निर्जीबन बिमा समूहको परिसूचक सर्वाधिक बढी ३.६० प्रतिशतले उकालो लागेको छ भने होटल तथा पर्यटन समूहको परिसूचक पनि २.७७ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूहको परिसूचक २.३२ प्रतिशत, हाइड्रोपावरको २.०३ प्रतिशत, जीवन बिमाको १.८० प्रतिशत र लघुवित्त समूहको परिसूचक १.५० प्रतिशतले बृद्धि भएको छ । 

    यसैगरी, बैंकिङ उपसमूहको परिसूचक १.६० प्रतिशत म्यचुअल फण्ड समूहको परिसूचक १.३३ प्रतिशतले बढ्दा आज सबैभन्दा कम वित्त समूहको परिसूचक बढेको छ । यो समूहको परिसूचक आज ०.३८ प्रतिशतले मात्रै बढेको हो । 

    तीन ओटा कम्पनीको सेयर मूल्यमा सर्किट 

    मङ्गलबार तीन ओटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन लगानीकर्ताहरूको आकर्षणको केन्द्र बनेको विकास बैंक समूहअन्तर्गतको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा आज १० प्रतिशतको सर्किट लाग्दा प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ ।

    यसैगरी, निर्जीबन बिमा समूह अन्तर्गतको सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समेत आज १० प्रतिशतले बढेको छ । प्रतिकित्ता ६४ रुपैयाँ ५० पैसाले सेयर मूल्य बढ्दा यो कम्पनीको एक कित्ता सेयरको मूल्य ७०९ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी, कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य पनि आज १० प्रतिशतले बढेको छ । आजको कारोबारपछि यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५९० रुपैयाँ ५० पैसा पुगेको छ । 

    त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९८ प्रतिशतले बृद्धि भएको छ । मूल्य बढेसँगै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर प्रतिकित्ता ९९९ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै, समाज लघुवित्तको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार ६२९ रुपैयाँ पुगेको छ । 

    आज सर्वाधिक बढी गुमाउनेमा निफ्रा ऋणपत्र ७ प्रतिशत २०८५/८६ का लगानीकर्ता रहेका छन् ।  यो ऋणपत्रको सेयर मूल्य आज १.९५ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयर मूल्य १.८८ प्रतिशतले घटेर ६७९ रुपैयाँमा झरेको छ भने ९ प्रतिशत नविल डिवेन्चर २०८७ को सेयर मूल्य १.८७ प्रतिशतले घटेर एक हजार ५० रुपैयाँ कायम भएको छ । 

    कारोबार रकममा समृद्धि फाइनान्स अग्रस्थानमा 

    मङ्गलबारको कुल कारोबार रकममा समृद्धि फाइनान्स अग्रस्थानमा रहेको छ । प्रतिकित्ता ७९८ रुपैयाँ ५० पैसा कायम भएको यो कम्पनीको आज २४ करोड ७१ पिलाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको आज १६ करोड ८० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार