काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घट्दा सुनको भाउ स्थिर भएको हो ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छ भने १० ग्राम सुनको भाउ १ लाख ४२ हजार ३२० रुपैयाँ रहेको छ ।
यता, चाँदीको भाउ घटेर प्रतितोला २ हजार ७० रुपैयाँ कायम भएको छ । यसअघि भने २ हजार ९५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।