काठमाडौँ / एनएमबि बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड ५६ लाख ३ हजार रुपैयाँ बराबर नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.९४ प्रतिशतले बढी हो ।
गत आर्थिक बर्षको पहिलो त्रैमासमा एनएमबि बैंकको नाफा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । इम्पेरिमेन्ट चार्ज (रिभर्स) घटेसँगै बैंकको नाफा बृद्धि हुन सहयोग पुगेको देखिन्छ ।
त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड ६७ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत बर्ष असोज मसान्तसम्मा १ अर्ब ८ करोड ३५ लाख २ हजार रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत यस बर्ष भने १.६४ प्रतिशतले घटेको हो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १०.४२ प्रतिशतले घटेर १ अर्ब ९९ करोड ७९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । गत बर्ष सोही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब २३ करोड ४ लाख ३२ हजार रुपैयाँ थियो ।
यता, कुल सञ्चालन आम्दानी समेत ३.०१ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ७४ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटे पनि बैंकको खुद ब्याज आम्दानी भने १७.९९ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ४५ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३९ करोड ३७ लाख ६९ हजार रुपैयाँ मात्रै थियो । यसैगरी, सञ्चालन मुनाफासमेत २६.५४ प्रतिशतले बृद्धि भई १ अर्ब ७४ करोड ८६ लाख ८१ हजार रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ८६ करोड ३० लाख ९३ हजार रुपैयाँ छ । बैंकको रेन्टेड अर्निङ ३६.२२ प्रतिशतले बढेर १ अर्ब ६ करोड ६७ लाख ६२ हजार रुपैयाँ पुगेको छ भने निक्षेप सङ्कलन १०.१० प्रतिशत र कर्जा प्रवाह ६.१९ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्म बैंकको कस्ट अफ फण्ड ५.७६ प्रतिशत रहेको छ भने बेसरेट ७.४९ प्रतिशत छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा र नेटवर्थ प्रतिसेयर १६४ रुपैयाँ ९५ पैसा छ ।
बैंकको एनएमबि बैंकको पनि खराब कर्जा बढेको छ । गत आर्थिक बर्षको असोज मसान्तसम्म २.८४ प्रतिशत रहेको खराब कर्जा एक बर्षमा बढेर ३.६३ प्रतिशत पुगेको छ ।