images
images

राष्ट्र बैंकले ११.११ प्रतिशतसम्म बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य, कति पुग्यो ?

राष्ट्र बैंकले ११.११ प्रतिशतसम्म बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य, कति पुग्यो ?

मंगलवार, असोज २२ २०८१
मंगलवार, असोज २२ २०८१
  • राष्ट्र बैंकले ११.११ प्रतिशतसम्म बढायो चाँदीका सिक्का र मेडालियनको मूल्य, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले सिक्का तथा मेडालिनको मूल्य ११.११ प्रतिशतसम्म बृद्धि गरेको छ । केन्द्रीय बैंकले सुनचाँदीको मूल्य बढेको बताउँदै यस्ता धातुबाट बनेका सिक्काहरूको मूल्य संशोधित दरमा ७.८९ प्रतिशतदेखि ११.११ प्रतिशतसम्म बृद्धि गरेको हो । 

    बैंकको टक्सार महाशाखाले सूचना प्रकाशित गर्दै टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री मूल्य पुनर्मूल्याङ्कन गरी नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ । 

    यसअघि १८ सय रुपैयाँ पर्ने १० ग्रामको लक्ष्मी, गणेश र गजलक्ष्मी मेडालियनलाई २ हजार रुपैयाँ, ३ हजार ८ सय रुपैयाँ पर्ने १५ ग्रामको टक्सार यान्त्रिकरणलाई ४ हजार १ सय रुपैयाँ, ४ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको २५ ग्रामको गाई मेडालियनलाई ५ हजार रुपैयाँ पर्नेछ । 

    noteice.JPG

    त्यस्तै, २५ ग्रामको गुरु नानक २५००, सत्यमोहन जोशी २५०० र धितोपत्र बोर्ड २५०० को मूल्य ५ हजार रुपैयाँ पुगेको छ भने  ३१.१०३ ग्रामको राज्यारोण १ ओजेड ७ हजार ३ सय रुपैयाँबाट ७ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ । 

    यसैगरी, २५ ग्रामको सार्क प्रुफ सिक्का ६ हजार ५ सयबाट ७ हजार रुपैयाँ, ३१.१ ग्रामको श्री ५ ज्ञानेन्द्र राज्यारोहणको ७ हजार २ सय बाट ७ हजार ८ सय ५० पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार