काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरो प्रभावितहरूलाई दैनिक उपभोग्य सामाग्री दिई सहयोग गरेको हो ।
बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका ३७३ बाढीपहिरो प्रवाहित घरधुरीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि दैनिक उपभोग्य सामाग्रीहरू वितरण गरेको हो ।