images
images

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना : सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट, २ करोडसम्म ऋण पाइने

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना : सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट, २ करोडसम्म ऋण पाइने

बुधवार, असोज १६ २०८१
बुधवार, असोज १६ २०८१
  • नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना :  सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म  छुट, २ करोडसम्म ऋण पाइने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा नेपाल बैंक लिमिटेड सर्वसुलभ आवास कर्जा ल्याएको छ । 

    नेपाल बैंक सर्वसुलभ आवास कर्जा अन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य र्बैकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन् । 

    बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरी ५ लाख रुपैयाँदेखि अधिकतम २ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।

    यसका अतिरिक्त बैंकले बैंकले समृद्ध व्यवसाय कर्जा, ने.बै.लि.अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ ।  

    कर्जा सिमा १० करोड रुपैयाँसम्म रहेको ने.बै.लि.समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको छ भने व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन् । 

    त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने ने.बैं.लि. अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।
     
    हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको यस बैंकले आफ्नो ऐतिहासिक विरासतलाई कायम राख्दै अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार