काठमाडौँ / नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विदेशी मुद्रा विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ भने बढेको छ । यसअघि एक अमेरिकी डलरका लागि १३४ रुपैयाँ ३८ पैसा खर्च गर्नुपर्नेमा आज त्यो रकम बढेर १३४ रुपैयाँ ४२ पैसा पुगेको छ ।
अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ७८ पैसा तोकिएकोमा आज बढेर १३३ रुपैयाँ ८२ पैसा पुगेको छ ।
यता, युरोको भाउ भने घटेको छ । आज युरोपियन एक युरोको खरिदमा १४८ रुपैयाँ ३६ पैसा र बिक्रीमा १४९ रुपैयाँ ०२ पैसा तोकिएको छ । यसअघि भने एक युरोको खरिदमा १४९ रुपैयाँ ७५ पैसा र बिक्रीमा १५० रुपैयाँ ४२ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन एक डलरको खरिद मूल्य ९२ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ९२ रुपैयाँ ८१ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८३ पैसा तोकिएको छ भने एक कतारी रियालको खरिदमा ३६ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८८ पैसा पर्नेछ ।
विस्तृत तालिकामा हेर्नुस्