काठमाडौँ / काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सडक खण्ड मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी आवातजावात बन्द गरिएको छ ।
एकतर्फी मात्रै सवारी चलिरहेको सो सडक खण्डमा अहिले मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पहिरो पन्छाउन लागिएको हो । पहिरो पन्छाएर दुईतर्फी नै सडक सञ्चालनका लागि सवारी रोकिएको प्रहरीले जनाएको छ ।
झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर गत शुक्रबार राति ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् ।