images
images

कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच लघु बिमा सेवा सम्झौता

कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच लघु बिमा सेवा सम्झौता

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच लघु बिमा सेवा सम्झौता
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडबीच एक सम्झौता भएको छ । बैंक र ट्रस्ट माइक्रोबिच ग्राहकहरूलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

    उक्त सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरूको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तिहरूको सरल तरिकाले लघु बिमा गराउन सक्नेछन् ।लघु बीमा विशेषगरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि महत्त्वपूर्ण छ, जसले अनिश्चित परिस्थितिहरुबाट जोगिन मद्दत गर्दछ। 

    यसले ग्राहकहरुलाई आर्थिक घाटाको सामना गर्न र कुनै कारणबस् भएको क्षतिलाई पुनः प्राप्त गर्न सहयोग गर्दछ। ट्रष्ट माइक्रो इन्स्योरेन्स लि।ले २०२२ मा कारोबार सुरु गरेको छ र अहिले ३१ वटा शाखा, उपशाखा र एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दैछ। 

    यसले नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमासँग सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै, र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै अग्रणी भुमिका खेलिरहेको छ।

    त्यस्तै, विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

    बैंकले भविष्यमा पनि अझ सरल, सुलभ, र उत्कृष्ट सेवाका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार