images
images

नेशनल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका अभिकर्ताहरू सम्मानित, बिजनेश लिडरहरू उत्साहित

नेशनल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका अभिकर्ताहरू सम्मानित, बिजनेश लिडरहरू उत्साहित

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • नेशनल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका अभिकर्ताहरू सम्मानित, बिजनेश लिडरहरू उत्साहित
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल ल्याण्डमार्कमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ताहरू, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरको हो । 

    प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीद्वारा शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो ।

    सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । 

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । 

    समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरूप मधेश प्रदेश पछि गण्डकी प्रदेशमा सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए । 

    साथै, उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरू ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट २ हजार जना भन्दा बढि अभिकर्ताहरू छनौट हुन सफल भएकोमा सो योजना अत्यन्तै सफल भएको बताए । 

    समारोहमा सिइओ क्लव सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार