images
images

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

आइतवार, असोज १३ २०८१
आइतवार, असोज १३ २०८१
  • नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार
    images
    images

    काठमाडौं / नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । 

    कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो।

    कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। 

    प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे ।  

    क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । 

    ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट गर्दछन् । यो पटकको प्रतिष्पर्धामा कलेजका १८ औं ब्याच आर्किटेक्ट विभागका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

    पुरस्कार वितरण कार्यक्रममा बोल्दै कलेजका आर्किटेक्ट विभागका विभागिय प्रमुख एशोसिएट प्रोफेसर अनिल रेग्मीले आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीहरुले हासिल गरेका ज्ञान र सीपलाई उजागर गर्न क्यालिडोस्कोप महत्वपूर्ण प्लेटफर्म बनेको बताए ।

    प्रतिष्पर्धालाई अझ निष्पक्ष र पारदर्शी बनाउँदै अधिकतम विद्यार्थीहरुको सहभागीता हुन सक्ने बनाइनु पर्नेमा जोड दिँदै विभागीय प्रमुख रेग्मीले कलेजको तर्फबाट प्रतियोगितालाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

    नेक प्रशासन प्रमुख श्रीमा शर्माले विजयी विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीले हासिल गरेको ज्ञान र सीपलाई उजागर गर्न यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने बताउँदै कलेज प्रशासन सदैव विद्यार्थीको हितमा रहने बताइन् ।

    विद्यार्थी कल्याण शाखाका सचिब विष्णु प्रसाद भण्डारीले विद्यार्थीले तयार पारेको सृजनाहरुलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने योजना बनाइरहेको बताए । 

    प्रतिष्पर्धामा सहभागी हुँदै गएपछि मात्र विद्यार्थीहरुले सफलता प्राप्त गर्ने भन्दै प्रतियोगिताले विद्यार्थीहरुमा थप उर्जा मिलेको बताए ।

    एसियन पेन्टस् क्यालिडोस्कोपकी कार्यक्रम संयोजक असिस्टेन्ट प्रोफेसर रुजुला ताम्राकारले कलेजका क्यालिडोस्कोपको १२ औं संस्करण सम्पन्न भएको जानकारी दिँदै कलेजबाट उत्कृष्ट ५ जना विजयी विद्यार्थीहरुले अब कलेज स्तरीय प्रतिष्पर्धामा भाग लिन जाने बताइन् । 

    उनले प्रतियोगिताले विद्यार्थीहरुको पढाई सँगसँगै प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गरेको जिकीर गरिन् ।

    उक्त अवसरमा आर्किटेक्टका विद्यार्थीहरुले थेसिस प्रदर्शनी समेत गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार