काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले दुसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरूलाई आकर्षक छुट दिलाउन बैंकले दुसित थानी हिमालयन रिसोर्टसँग सम्झौता गरेसँगै ग्राहकहरूले लाभ पाउने भएका हुन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलबिच भएको सम्झौता बमाजिम बैंकका ग्राहकहरूले फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ ।