images
images

फोनपे र कर्मचारी सञ्चय कोषबिच साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

फोनपे र कर्मचारी सञ्चय कोषबिच साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

शुक्रवार, असोज ११ २०८१
शुक्रवार, असोज ११ २०८१
  • फोनपे र कर्मचारी सञ्चय कोषबिच साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा
    images
    images

    ललितपुर / फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इ.पी.यफ)बीच साझेदारी सम्झौता भएको छ । फोनपे पेमेन्ट र कर्मचारी सञ्चय कोषबिच ए.पी.आइमा आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको हो।

    यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एप (इ.आर.पी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसले, कर्पोरेट भुक्तानीहरू जस्तै, व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र  व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको कम्पनीले जनाएको छ ।

    साथै, सो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम सङ्कलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

    यस रणनीतिक साझेदारीको फलस्वरूप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । 

    आधुनिक डिजिटल भुक्तानी पूर्वाधारः जस्तै होस्ट-टु-होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरूको साथसाथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ।

    कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी, प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले बताए । 

    उनले भने, “हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौँ, हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौँ।” 

    उक्त साझेदारीले, हाम्रो प्रतिबद्धता अनुरुप, वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँचयोग्य र ग्राहकमैत्री बनाएको उनले बताए ।

    “हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ,” उनले भने ।

    त्यस्तै, कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताए ।

    उनले भने, “कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ। यस साझेदारीले, हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार