images
images

शुक्रबार र शनिबार रात्रिबस नचलाउन प्राधिकरणको आग्रह, यस्तो छ कारण ?

शुक्रबार र शनिबार रात्रिबस नचलाउन प्राधिकरणको आग्रह, यस्तो छ कारण ?

बिहिवार, असोज १० २०८१
बिहिवार, असोज १० २०८१
  • शुक्रबार र शनिबार रात्रिबस नचलाउन प्राधिकरणको आग्रह, यस्तो छ कारण ?

    काठमाडौँ /  राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ। भारी बर्षाको उच्च जोखिम रहेको जनाउँदै प्राधिकरणले यस्तो आग्रह गरेको हो । 

    images
    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

    त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

    साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

    त्यस्तै, प्राधिकरणले पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सर्तकता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान भनेको छ । 

    यस्तो छ सूचना

    notice.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार