काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले कृत्रिम बौदिकता (एआई) को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् ।
त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार त्रिवि परीक्षा सुधार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा प्रविधिको माथिको बढ्दो निर्भताले पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय भएको त्रिवि जनाइएको छ ।