images
images

घटस्थापनाभन्दा एक साताअघि दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

घटस्थापनाभन्दा एक साताअघि दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

शनिवार, असोज ५ २०८१
शनिवार, असोज ५ २०८१
  • घटस्थापनाभन्दा एक साताअघि दसैँको अग्रिम टिकट बुकिङ खुल्ने

    काठमाडौँ /  दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकटको बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ ।

    images
    images

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट खुला गरिने बताएका हुन् । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूबिच छलफलले अग्रिम टिकट बुकिङ खुलाउनेबारे निष्कर्ष निकालेको हो । 

    बैठकले सडक विभाग अन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मत संहार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । 

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम लगायतका प्रतिनिधिहरू सहभागी छलफलले वीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय र नेपाल प्रहरीमा आग्रह गर्ने समेत निर्णय भएको छ । 

    यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्टिङ गर्न समेत निर्देशन दिइएको छ। 

    यात्रुहरूको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ। 

    छलफलमा तीन वर्षदेखि भाडा समायोजन नभएको सन्दर्भमा आवश्यक तयारी गरी छठ पर्वपछि भाडा दर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने विषयमा समेत छलफल भएको बताइएको छ ।

    यातायात व्यवस्थापनसँग सम्बन्धी अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्य योजना तयार गरी पेस गर्न समेत बैठकले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

    हरेक बर्षजसो दशैँ मनाउनकै लागि नेपालभरका १० देखि १५ लाख यात्रुहरू काठमाडौँबाट बाहिरिने गर्दछन् । खासगरी गृह मन्त्रालयले सडक यात्राका क्रममा हुने दूर्घटना न्युनीकरण, पाकेटमार, यात्रु हराउनेलगायतका समस्याको समाधानका लागि पहिल्यै सोही अनुसारको काम गर्ने गरेको छ । 

    यस बर्ष दशैँको अग्रिम टिकट बुकिङ अनलाइनबाट पनि गर्न सकिने व्यवस्था गरिने प्रयास भइरहेको अध्यक्ष स्वाँरले जानकारी दिए ।

    सो व्यवस्था भएमा यात्रुहरूको सहजता अनुसार अनलाइन र अफलाइन दुबै माध्यमबाट टिकट काट्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार