images
images

लुमिनस ब्याट्रीको डिलर मिट : उत्कृष्ट डिलरहरुलाई सम्मान, लक्की ड्र मार्फत विजेतालाई दुवाई कप्पल टुर

लुमिनस ब्याट्रीको डिलर मिट : उत्कृष्ट डिलरहरुलाई सम्मान, लक्की ड्र मार्फत विजेतालाई दुवाई कप्पल टुर

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • लुमिनस ब्याट्रीको डिलर मिट : उत्कृष्ट डिलरहरुलाई सम्मान, लक्की ड्र मार्फत विजेतालाई दुवाई कप्पल टुर

    काठमाडौँ / लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रा.लि. द्वारा हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    ब्राइटर विद लुमिनस नाम दिइएको उक्त कार्यक्रम यहि भाद्र २७ गते आयोजना गरिएको हो । यस कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरी रहेका डिलरहरु, एमट्रेड प्रा.लि.का प्रतिनिधिहरु र लुमिनस इन्डियाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । 

    उक्त कार्यक्रममा लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धले लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो  भने एमट्रेड प्रा.लि.का सञ्चालन प्रमुख योगराज ढुगांना तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको थियो । 

    पावर व्याकअप सोलुसन मार्फत नेपालमा योगदान पुर्याएको एक दशक पुरा भएकोमा सम्पूर्ण ग्राहकवर्ग, च्यानल पार्टनरहरु तथा एमट्रेड प्रा.लि. परिवारलाई धन्यवाद ज्ञापन गर्नुहुँदै सञ्चालन प्रमुख योगराज ढुगांनाले भन्नुभयो, “यस प्रकारको साथ र सहयोगले हामिलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढङ्गले अघि बढ्ने हौसला मिलेको छ ।” 

    यस अवधिमा लुमिनस ब्राण्डको उत्पमदनहरु, बजार अवस्था तथा भविष्यको रणनीति लगायतका महत्वपूर्ण विषयहरुमा बिभिन्न बक्ताहरुले चर्चा एवं छलफल पनि गरेका थिए ।

    साथसाथै बिभिन्न विधामा उत्कृष्ट कार्य गर्न सफल डिलरहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै लक्की ड्र मार्फत एक जोडीलाई दुवाई टुर प्याकेज पनि प्रदान गरियो । 

    यस कार्यक्रममा लुमिनस ब्राण्डका व्यवसायिक साझेदार हरु विचको सम्बन्धलाई अझ बढी आत्मियता र बलियो सम्बन्ध बनाउन सफल भएको छ । यसलाई भोलिका दिनहरुमा यस ब्राण्डलाई नेपाली बजारमा निरन्तर अग्रिणी भुमिका खेल्ने कम्पनीले बिश्वास लिएको कुरा कम्पनीले जानकारी गराएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार