images
images

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरदेखि सकिने

एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरदेखि सकिने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • एमजी जेडएस ईभीको अफर २० सेप्टेम्बरदेखि सकिने

    काठमाडौँ / नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभी डिलक्सको अफर यही २० सेप्टेम्बरदेखि अन्त्य हुने जनाएको छ । 

    images
    images

    एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन भन्दै यो अफर नाडा अटो शोका बेलादेखि सुरु गरेको थियो। 

    कम्पनीका अनुसार यो अफर पहिले अक्टोबर ५ सम्म चल्ने योजना रहेपनि ग्राहकहरूको अपूर्व प्रतिक्रिया र उच्च मागका कारण २० सेप्टेम्बरसम्ममात्रै सीमित गरिएको हो । 

    अफर अवधिमा ग्राहकहरूले एमजी जेडएस ईभी डिलक्सलाई चाडपर्वको मूल्य ४६.९९ लाखमा खरिद गर्न सक्नेछन्। 

    “हामी हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियामा उत्साहित छौँ। अपूर्व प्रतिक्रियाका कारण हामी अफरलाई अपेक्षाभन्दा चाँडै समाप्त गर्दैछौँ। भविष्यको विद्युतीय गतिशीलता अनुभव गर्न चाहने सबैलाई २० सेप्टेम्बर अघि नजिकको एमजी शो रूममा पुग्नको लागि प्रोत्साहित गर्दछौँ,” पारामाउन्ट मोटर्सका एक प्रवक्ताले भने, “सडकमा बढ्दो सवारीका कारण हामी पनि हाम्रा सेवाहरू विस्तार गर्न प्रतिबद्ध छौँ। दशैं अघि हामी सल्लाघारी, भक्तपुर र सुकेधारा, काठमाडौंमा दुईवटा सेवा केन्द्र खोल्नेछौँ,” उनले थपे।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार