images
images

रवि लामिछानेको १० टिप्पणी : समात्नुपर्ने ठूला माछा धेरै छन्, तिनलाई रास्वपाले नै ठेगान लाउनेछ

रवि लामिछानेको १० टिप्पणी : समात्नुपर्ने ठूला माछा धेरै छन्, तिनलाई रास्वपाले नै ठेगान लाउनेछ

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • रवि लामिछानेको १० टिप्पणी : समात्नुपर्ने ठूला माछा धेरै छन्, तिनलाई रास्वपाले नै ठेगान लाउनेछ

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार, विपक्षी, निर्वाचनदेखि सहकारी काण्ठबारे तीतो पोखेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सरकारमा सहभागी दलको तिखो आलोचना गर्दै रास्वपा नसकिएको बताएका हुन् । 

    images
    images

    “रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेर्नुस्,” उनले भने, “ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सिद्धियौँ हामी त फैदलै छौँ ।”
     
    साथै, सभापति लामिछानेले नेपाली काँग्रेसका महामन्त्रीलगायतका केही नेताहरूप्रति व्यङ्ग्य गर्दै केही साथीहरूले प्रमाण छ भनेको भए पनि खासमा प्रणाम छ भनेको बताएका छन् ।

    “केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए,” उनले भने “त्यो होइन रहेछ, उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन् ।” 

    उनले गरेका १० टिप्पणी यस्ता छन् 

    १. हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो, कसैलाई आक्षेप लगाउन होइन। तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने हामीलाई के भन्नु। हाम्रो आगमन नै अरुका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ।

    २. रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्। दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सिद्धियौँ ? हामी त फैदलै छौँ।  

    ३. २०७९ को चुनाव २०८४ मा चुनाव लड्न हामीले दिएको निम्ता कार्ड थियो। निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनावै लड्दा त के होला ?

    ४. संसदीय समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त बुझेन। किन ? किनकि, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो ?  

    ५. यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वर्थामा आफू ननाङ्गिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन।

    ६. सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिन्छ। गलत नगर्दा जता मोडियोस् के मतलब ? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरूले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्। 

    ७. रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको होला । रवि नभए पनि रास्वपा अब अभियानका रूपमा अगाडि बढ्छ। घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।   

    ८. दुई दल मिलेर दुई तिहाईको सरकार बनाउनु भएको छ, जनताको पक्षमा काम गरेर हाम्रो आवश्यकता र औचित्यलाई गलत सावित गरिदिनुस्। 

    ९. बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं। 

    १०. सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएका थियौँ। सक्दो गर्यौँ पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्, ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार