images
images

यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै

    चितवन / चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् ।

    images
    images

    यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन् भने छ वटा जन्मिने क्रममा छन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । 

    यही असोजभित्रमा देवीकली, तीर्थमानकली र रिमझिमकलीले बच्चा जन्माउने उनले बताए । उनका अनुसार यसै वर्षभित्र तमोरकली, लोकतन्त्रकली र चितवनकलीले बच्चा जन्माउँदै छन् ।
     
    प्रमुख चौधरीले भने “एक–दुई महिना तलमाथि होला तर यसै वर्षमा आठ छावा थपिँदै छन् ।” यसअघि विसं २०८० सालमा दुईवटा छावा जन्मिएका थिए । गण्डकीकली र प्रवेशकलीले छावा जन्माएका हुन् ।  विसं २०७९ मा ६ छावा जन्माएका थिए।

    बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनः गर्भवती हुनयोग्य हुने जनाइएको छ । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । अधिकांश छावा जङ्गली हात्ती रोनाल्डो, गोविन्दे, ध्रुवे र मकुनाका हुन् । 

    खोरसोर क्षेत्रमा अहिले पनि गोविन्दे र मकुना दैनिक आउने गरेको उनले जानकारी दिए ।
     
    जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिन्छ । चौधरीका अनुसार प्रजनन् केन्द्रमा हाल ११ माउ र १० छावा छन्। विसं २०४४ देखि केन्द्रको सुरु भएको हो। 

    विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६७ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ । 

    यहाँ जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका विभिन्न पोष्टमा सुरक्षार्थ परिचालन गर्ने गरिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार