images
images

मनसुनी वायु र चापिय प्रणालीको प्रभाव : बुधबारसम्म यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षा हुने

मनसुनी वायु र चापिय प्रणालीको प्रभाव : बुधबारसम्म यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षा हुने

मंगलवार, असोज १ २०८१
मंगलवार, असोज १ २०८१
  • मनसुनी वायु र चापिय प्रणालीको प्रभाव : बुधबारसम्म यी प्रदेशहरूमा हावाहुरी र भारी बर्षा हुने

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । 

    images
    images

    देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ।

    कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ। मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।

    मङ्गलबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। 

    कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। 

    देशको पहाडी भुभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

    बुधबार राति कोशी प्रदेश,बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। 

    कोशी प्रदेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। 

    देशको पहाडी भुभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    बुधबार राति कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखी मूख्यतया सफा रहने छ। 

    कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    भारी बर्षा र हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार