images
images

असोजका लागि राष्ट्रियस्तरका विकास बैंकले पनि घटाए ब्याजदर, कुनको कति ?

असोजका लागि राष्ट्रियस्तरका विकास बैंकले पनि घटाए ब्याजदर, कुनको कति ?

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • असोजका लागि राष्ट्रियस्तरका विकास बैंकले पनि घटाए ब्याजदर, कुनको कति ?

    काठमाडौँ / राष्ट्रियस्तरका विकास बैंकहरुले असोजका लागि ब्याजदर घटाएका छन्।

    images
    images

    हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ७ वटाले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले भने भदौँकै ब्याजदारलाई निरन्तरता दिने भएको छ । 

    असोज महिनामा कामना सेवाले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिने भएको हो । कामना सेवाले असोजमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिने भएको छ।

    यस्तै, असोजमा मुक्तिनाथ, गरिमा, महालक्ष्मी, लुम्बिनी, ज्योति र सांग्रिलाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिने भएका छन्। 

    भदौमा मुक्तिनाथ, लुम्बिनी र ज्योतिले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.७५ प्रतिशत ब्याज दिएका थिए भने गरिमा, सांग्रिला र महालक्ष्मीले ७ प्रतिशत दिएका थिए।

    भदौमा ७ प्रतिशत ब्याज दिएको शाइन रेसुंगाले असोजमा भने ६.७५ प्रतिशत ब्याज दिने भएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार