images
images

असोजका लागि दुई बैंकले बढाउँदा १० वटाले घटाए निक्षेपको ब्याजदर, कुनको अधिकतम ब्याजदर कति ?

असोजका लागि दुई बैंकले बढाउँदा १० वटाले घटाए निक्षेपको ब्याजदर, कुनको अधिकतम ब्याजदर कति ?

व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • असोजका लागि दुई बैंकले बढाउँदा १० वटाले घटाए निक्षेपको ब्याजदर, कुनको अधिकतम ब्याजदर कति ?

    काठमाडौँ / वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । 

    images
    images

    व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेको छ ।

    भदौमा यी बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा झरेको छ । यसअघि साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत थियो ।

    असोजमा दुई बैंक कृषि विकास र नेपाल बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर भदौको तुलनामा बढाएका छन् भने तीबाहेक १० बैंकले घटाएका छन् । ८ बैंकले भने भदौँ महिनाको ब्याजदरलाई नै स्थिर राखेका छन् । 

    व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, नबिल, एनएमबी, एनआईसी एसिया र एभरेस्ट छन् ।

    स्थिर राखेकामा लक्ष्मी सनराइज, ग्लोबल आईएमई, नेपाल इन्मेस्टमेन्ट मेगा, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, प्रभु, हिमालयन छन् ।

    असोज महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । जसले अधिकतम ७.१८ प्रतिशत ब्याज दिनेछ । 

    यसअघि भदौमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत थियो । जुन एनएमबी र एनआईसी एसिया बैंकले दिएका थिए । त्यस्तै असोजमा व्यक्तिगत मुद्दतीमा न्यूनतम ब्याजदर भने सानिमाको ५.९ प्रतिशत छ । 

    व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर कति ?

    बैंक भदौको ब्याजदर असोजको ब्याजदर
    कृषि विकास ६.०६५ ६.०७
    राष्ट्रिय वाणिज्य ६.०७ ६.००
    नेपाल एसबीआई ६.२५ ६.००
    लक्ष्मी सनराइज ६.५० ६.५०
    ग्लोबल आईएमई ६.२५ ६.२५
    कुमारी ६.७१ ६.०१
    प्राइम ६.७५ ६.२५
    नेपाल ५.२५ ५.९५
    सानिमा ६.२० ५.९०
    सिटिजन्स ६.७५ ६.४०
    नबिल ७.०० ६.७५
    इन्भेस्टेमेन्ट मेगा ६.५० ६.५०
    सिद्धार्थ ६.५० ६.५०
    स्टान्डर्ड चार्टर्ड ७.०० ७.००
    माछापुच्छ्रे ७.०० ७.००
    प्रभु ६.१० ६.१०
    एनएमबी ७.४१ ६.५०
    एनआईसी एसिया ७.४१ ७.१८
    हिमालयन ७.०० ७.००
    एभरेष्ट ६.१० ६.००
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार