images
images

अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने, यस्ता छन् अरू कार्यसूची

अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने, यस्ता छन् अरू कार्यसूची

आइतवार, भदौ ३० २०८१
आइतवार, भदौ ३० २०८१
  • अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने, यस्ता छन् अरू कार्यसूची

    काठमाडौं / आज बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिदैछन् । 

    images
    images

    दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सांसदहरुको प्रश्नमा अर्थमन्त्रीले कस्तो उत्तर दिनेछन् त्यो चासोको विषय हुनेछ । 

    बैठकमा आज सांसदहरूले उठाएका अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ। अर्थमन्त्री पौडेलले आज कस्तो जवाफ दिनेछन् चासोको विषय रहेको छ । सरकारको नेतृत्व एमालेले गरेपछि भएका आर्थिक गतिविधिको सिधा सम्बन्ध अर्थमन्त्रालयसँग राख्छ । 

    त्योसँगै आजको बैठकका लागि ६ वटा कार्यसूची राखिएको छ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ।
    बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि छ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि आजको बैठकका लागि राखिएको छ।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहि प्रतिनिधि सभामा पठाइएको सार्वजनिक सेवा प्रसारण विधेयकका सम्बन्धनमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्ने कार्यसूची छ।

    यस्तैगरी शिक्षा मन्त्री विद्या भट्टराईले प्रतिनिधि सभाबाट संसोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संसोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार