images
images

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

शनिवार, भदौ २९ २०८१
शनिवार, भदौ २९ २०८१
  • आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति

    तानसेन / नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको आयोजनामा कार्यशाला शुक्रबार सम्पन्न भएको छ । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउँदै उक्त कार्यशाला सकिएको हो । 

    images
    images

    सरकारसँगको सहकार्यमा निजी क्षेत्रलाई सबल र सक्षम बनाएर  मात्र  समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ बर्षे कार्ययोजना तय गरेको छ । 

    ३ बर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरूसँग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।

    त्यस्तै, लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम ब्यवसायीरूलार्इ ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरूको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरूलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

    मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलार्इ सहयोग गर्ने, निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

    त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक  बिकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको सशक्तिकरण गर्ने,साझेदारी र सहकार्य बिस्तार गर्ने,पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरूस्ँग सहकार्य गर्ने, सीप बिकास तालिमहरू सञ्चालन गर्ने कार्ययोजना बनाएको छ  । 

    सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । 

    उपसमितिहरुमा नीति निर्माण,राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पर्क समन्वय उपसमिती, तालिम तथा क्षमता अभिबृद्धि,सङ्गठन बिस्तार तथा सदस्यता वृद्धि,पर्यटन प्रबर्द्धन, उद्योग, सचिवालय ब्यवस्थापन, वित्त ब्यवस्थापन, महिला उद्यमशीलता,युबा उद्यमशीलता र अनुगमन उपसमिति छ्न ।

    कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबर्द्धनको बाटो देखाउदै लगानीको बातावरण बनाउन आव्हान गरे । 


    निजी क्षेत्रको सहभागीता बिना मुलुकको सम्मृद्दिको  परिकल्पना गर्न नसकिने बताउँदै राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । 

    चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए । 

    कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार