काठमाडौँ / शनिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेर एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ ५३ पैसा पुगेको छ । यसअघि भने अमेरिकी एक डलरको बिक्री मूल्य १३४ रुपैयाँ ६५ पैसा रहेको थियो ।
त्यस्तै, एक अमेरिकी डलरको खरिद मूल्य १३४ रुपैयाँ ०५ पैसा रहेकोमा आज घटेर १३३ रुपैयाँ ९३ पैसामा झरेको छ ।
यता, युरो भने बलियो बनेको छ । यसअघि युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा तोकिएकोमा आज घटेर खरिदमा १४८ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४९ रुपैयाँ १६ पैसा पुगेको छ ।
त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७४ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७५ रुपैयाँ ७१ पैसा कायम गरिएकोमा आज बढेर एकको खरिदमा १७५ रुपैयाँ ७० पैसा र बिक्रीमा १७६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्