images
images

मनसुनी वायु र न्यूनचापिय प्रणालीको प्रभाव : आज चार ओटा प्रदेशमा भारी बर्षा हुने

मनसुनी वायु र न्यूनचापिय प्रणालीको प्रभाव : आज चार ओटा प्रदेशमा भारी बर्षा हुने

शनिवार, भदौ २९ २०८१
शनिवार, भदौ २९ २०८१
  • मनसुनी वायु र न्यूनचापिय प्रणालीको प्रभाव : आज चार ओटा प्रदेशमा भारी बर्षा हुने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 

    images
    images

    हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही  बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

    सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार