images
images

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि धितो राखेको घरजग्गा लिलामी गर्दै नेपाल बैंक

सेवाग्राहीले ऋण चुक्ता नगरेपछि धितो राखेको घरजग्गा लिलामी गर्दै नेपाल बैंक

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • images
    images
    सेवाग्राहीले ऋण चुक्ता नगरेपछि धितो राखेको घरजग्गा लिलामी गर्दै नेपाल बैंक
    images
    images

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । 

    images
    images

    बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।

    कम्पनीले ऋणीहरूलाई कर्जा चुक्ता गर्न असोज २९ गतेसम्मको अवधि दिएको छ । सो अवधि नाघेमा बैंक लिलाम प्रक्रियामा जाने बताएको छ ।

    बैंकले बर्दिया, बाजुरा, कैलाली, दोलखा, सिराहा, धनुषा र झापा जिल्लाका विभिन्न स्थानमा रहेको घरजग्गा लिलाम बिक्री गर्ने जनाएको छ ।

    बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू जेजस्तो अवस्थामा छ सोही अवस्था र परिणाममा खरीद गर्न चाहनेलाई असोज ३० गते बिहान ११ बजे बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

    1.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार