images
images

भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने

भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • भारतीय राष्ट्रिय टिमकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने

    एभ्रेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो । 

    images
    images

    इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ । 

    सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन् । उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभ्रेष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन् । उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिएइन् । यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जितेकी खेलाडी हुन् । 

    उनी नेपालमा आई महिला लिग खेल्न निकै उत्साहित छिन् । चितवन पनि अनुभवी खेलाडीलाई टिममा अनुबन्ध गर्दा निकै खुसी छ । उनको उपस्थितीले नेपाली दर्शकमा उत्साह र खेल निकै रोमाञ्चक हुने अपेक्षा राखेको छ । 

    चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार