images
images

सरकारले सरुवा गर्यो ५ जिल्लाका सीडीओ, काठमाडौँमा आचार्य

सरकारले सरुवा गर्यो ५ जिल्लाका सीडीओ, काठमाडौँमा आचार्य

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • सरकारले सरुवा गर्यो ५ जिल्लाका सीडीओ, काठमाडौँमा आचार्य

    काठमाडौँ / सरकारले ५ ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली प्युठान र अर्घाखाँचीको सीडिओ परिवर्तन गरेको हो । 

    images
    images
    images
    images

    काठमाडौँका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा जयनारायण आचार्यलाई पठाइएको छ । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । 

    त्यस्तै, सिन्धुपाल्चोकमा किरण थापा र सिन्धुलीमा लिलाप्रसाद शर्मालाई पठाइएको मन्त्रालयले जनाएको छ । यसैगरी, प्यूठानको सीडीओमा रमा आचार्य सुवेदीलाई पठाइएको छ भने अर्घाखाँचीमा बाबुराम अर्याललाई सीडीओको जिम्मेवारी दिइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार