काठमाडौँ / धनुषा जिल्लास्थित जनपुर उपमहानगरपालिका–२४ का वडा अध्यक्ष उपेन्द्र सहनीसहित तीन जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस माग गरेको उजुरीका आधारमा वडा अध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साह र विजय मण्डललाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
जनकपुर उपमहानगरपालिका– २४, वसहियास्थित वडा अध्यक्षको कार्यकक्षबाटै मङ्गलबार नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।