images
images

कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्री अधिकारीको आग्रह

    काठमाडौँ / भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । 

    images
    images

    तोकिएको यो आर्थिक बर्षभित्र सबै पालिकाहरुले प्रक्रिया पुरा गररे कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन् । 

    पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा स्थानीय तहमा कित्ताकाट रोकिने श्रृङ्खला बि.स २०७६ सालदेखि चलिरहेको हो । 

    सोमवार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको हो । 

    देशभरका ७५३ पालिकाहरुमध्ये १९३ ले मात्र जग्गा बर्गीकरणको काम सम्पन्न गरेका छन् भने अन्य पालिकाहरुले समयमै जग्गा बर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।

    कित्ताकाट खुलेसँगै मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम सुरु भएको भूमि ब्यवस्था तथा अभिलेख बिभागले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार