images
images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा आकर्षक छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा आकर्षक छुट

मंगलवार, भदौ २५ २०८१
मंगलवार, भदौ २५ २०८१
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरूलाई बुद्ध एयरमा आकर्षक छुट

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच भएको सम्झौता अनुसार एनआईएमबीका ग्राहकहरूका साथै उनीहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी)ले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्ने भएका हुन् । 

    images
    images

    सम्झौता बमोजिम, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबि स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।    

    यो सम्झौताबाट एनआईएमबीका ग्राहकवर्गहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास रहेको बैंकले जनाएको छ । 

    गुणस्तर बैंकिङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मललगायतका दर्जनौँ बिभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकवर्गहरूलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार