images
images

आज बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक, बोलकबोल कहिले ?

आज बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक, बोलकबोल कहिले ?

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आज साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ ।

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • आज बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज आएतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ उठाउने भएको छ । 

    images
    images

    केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको जानकारी दिएको हो ।

    यसअघि गत हप्ताको बुधबार मात्रै ४० अर्ब रुपैयाँ उठाएको राष्ट्र बैंकले आज पुनः १ खर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आज साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ । 

    न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । 

    यसको सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५१ खर्ब ९९ अर्ब रुपैयाँ छ । अर्थात निक्षेप र कर्जा प्रवाहबीचको फरक १३ खर्ब बढीको छ । 

    हाल वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा ४५ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा प्रवाह भएको देखिन्छ ।

    लगातार बढिरहेको तरलताका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगातार रकम प्रशोचन गरिरहेको देखिन्छ । भदौका महिनामा हालसम्म मात्रै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ४० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार