images
images

आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ
    images
    images

    काठमाडौँ / क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड सर्वसाधारणमा शेयर निष्काशनको प्रकृयामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडबाट भदौ ७ मा क्रेडिट रेटिङ गराई आइसिआरए डबल बी "[ICRANP-IR] BB" रेटिङ पाएको छ । 

    इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको मानिन्छ । 

    साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेड र आरविवि म्युचुअल फण्ड १ सँग भदौ १७ मा सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि शेयर प्रत्याभुतीकर्ताको रूपमा नियुक्त समेत गरिसकेको छ । 

    स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरूमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्नेछ । 

    यस कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई प्रति शेयर १ सय रुपैयाँ अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ । 

    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०७९ पौष १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रूपमा दर्ता भएको कम्पनी हो । 

    न्यून आय भएका मध्यम वर्ग एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्यका साथ बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७९÷१२÷२८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरि कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

    कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखा कार्यालयमार्फत प्रदान गरिरहेको सेवाको गुणस्तर समय सापेक्ष रूपमा सुधार गरी पिछडिएको क्षेत्र, विपन्न वर्ग, सिमान्तकृत समुदाय तथा बीमाको दायरामा नआएका व्यक्तिहरू सम्म सेवा विस्तार गर्ने, सेवामा विविधिकरण गर्दै जाने तथा भविष्यमा ग्राहकहरूबाट माग भए बमोजिमका नयाँ सेवा सुविधाहरू आफ्ना ग्राहक वर्गमा ल्याउन प्रयत्नरत रहि थप सेवा विस्तार गर्दै जाने रणनीति योजनासहित अघि बढिरहेको अवस्था छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार