काठमाडौँ / काठमाडौँस्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरस्थित होटल भ्यु पोइन्टबिच सम्झौता भएको छ । बैंकका ग्राहक, शेयरधनी र बैंकका कर्मचारीहरूलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले बैंक र होटलबिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौँ क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरूलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र कर्मचारीहरूलाई सेवामा २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरू तथा ग्राहकहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।