images
images

आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वका लागि मूख्य सचिवलाई महासंघको ध्यानाकर्षण

आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वका लागि मूख्य सचिवलाई महासंघको ध्यानाकर्षण

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वका लागि मूख्य सचिवलाई महासंघको ध्यानाकर्षण

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मूख्य सचिव एकनारायण अर्यालसँग भेट गरेको छ ।

    images
    images

    भेटका क्रममा भएको छलफलमा महासंघले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्पm ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । 

    “महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ,” उनले भने । 

    त्यस्तै, निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रूपमा लिन पनि मुख्यसचिव अर्याल समक्ष आग्रह गरे । 

    यसैगरी, सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको छ ।

    निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरू बनेको तर्पm अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनु हुँदै यसले लगानी निरूत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे । 

    भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आपूmले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिबद्धता जनाए । 

    महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे । महासंघ कार्यसमितिले सोमबार मुख्य सचिव अर्यालसँग भेट गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार