images
images

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आयोजित ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आयोजित ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आयोजित ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रत्यक वर्ष आयोजित हुने तीन दिने कार्यक्रम ‘सिटिजन हिरोज कनक्लेभ’को चौथो संस्करण सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ १४ देखि १६ गतेसम्म चितवनको सौराहा स्थित पार्क सफारी रिजोर्टमा सञ्चालन गरिएको थियो । 

    images
    images

    सबल अनि सक्षम, निरन्तर प्रगतिको पथमा भन्ने नाराका साथ सञ्चालित सो कार्यक्रम छनौट भएका सिनियर एजेन्सी मेनेजरहरूको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।  

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले हरेक वर्ष, कम्पनीमा कार्यरत सिनियर एजेन्सी मेनेजर सहित अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्र्य गरेकोे आधारमा केहि एजेन्सी म्यानेजरहरूलाई सो कार्यक्रममा सहभागी गराउदै आएको छ । 

    सो कार्यक्रममा छनौट भएका सिनियर एजेन्सी मेनेजरहरूको थप क्षमता अभिवृद्धि गरेर हौसला प्रदान गर्ने, उच्च अनुभवी प्रशिक्षकबाट विभिन्न विषयमा तालिम दिएर हरेक ढङ्गबाट सक्षम बनाउने यस कार्यक्रमको उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । 

    यस्तो किसिमको कार्यक्रमले लिडर्सहरूलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अपनाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको अनुभव छ ।

    सिटिजन लिडर्सहरूलाई नियमित कार्यशैली भन्दा नयाँ र फरक ढङ्गले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने विगतको अनुभवले देखाएको छ ।

    यसै क्रमलाई कम्पनीले मध्यनजर गर्दै उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सायद अफजल अहमदद्वारा हाल कम्पनीमा कार्यरत ५५ भन्दा बढी लिडर्सहरूलाई तालिम प्रदान गरिएको छ ।

    साथै यसै कार्यक्रममा कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम पनि सञ्चालन गरेको छ ।

    उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरू के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको छ ।

    यस कार्यक्रममा एजेन्सी म्यानेजरहरूका साथै कम्पनीको व्यवस्थापन टिमका लगायत प्रमुख व्यवसाय अधिकृतहरूको समेत उपस्थिती रहेको थियो ।

    सो अवसरमा कम्पनीले प्रचलित कानुन, नीति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाएको छ । 
            

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार