images
images

दुग्ध विकास संस्थानले अर्थबाट सर्तसहित ६० करोड ऋण पाउने

दुग्ध विकास संस्थानले अर्थबाट सर्तसहित ६० करोड ऋण पाउने

डीडीसीले सो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।

सोमवार, भदौ १७ २०८१
सोमवार, भदौ १७ २०८१
  • दुग्ध विकास संस्थानले अर्थबाट सर्तसहित ६० करोड ऋण पाउने

    काठमाडौँ / दुग्ध विकास संस्थान (डीडीसी)ले अर्थ मन्त्रालयबाट ६० करोड रुपैयाँ ऋण पाउने भएको छ । अर्थ मन्त्रालयले विभिन्न सर्त राखेर डीडीसीलाई ऋण दिने निर्णय गरेको हो ।

    images
    images

    अर्थ मन्त्रालयबाट सर्तसहित सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । 
     
    डीडीसीले सो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।

    चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । 

    सो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ । दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । 

    किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार