images
images

नाडा अटो शो २०२४ : २४ सयभन्दा बढी सवारीसाधन बुकिङ, कुन कम्पनीको कति ?

नाडा अटो शो २०२४ : २४ सयभन्दा बढी सवारीसाधन बुकिङ, कुन कम्पनीको कति ?

व्यवसायीहरूद्वारा उपलब्ध तथ्याङ्क अनुसार शनिबारसम्म् २४ सय भन्दा बढी सवारीसाधन बुकिङ भएका हुन् । जसमा २ हजार चार पाङ्ग्रे र ४ सय वटा दुई पाङ्गे सवारीसाधन बुकिङ भएका छन ।

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • नाडा अटो शो २०२४ : २४ सयभन्दा बढी सवारीसाधन बुकिङ, कुन कम्पनीको कति ?

    काठमाडौँ / भृकुटीमण्डपमा भदौ ११ मंगलबारदेखि जारी १६औं संस्करणको नाडा अटो शोको आज समापन हुने भएको छ। ६ दिनको प्रदर्शनी लम्ब्याउन माग भए पनि उक्त स्थानमा अन्य कार्यक्रम हुने भएकाले नाडा अटो शो समापन गर्न लागिएको हो।

    images
    images

    यसपटकको नाडा अटो शोमा चिनियाँ ईभी दबदबा छ। नामी, डिपल, बीवाइडी, स्काइवेललगायत चिनियाँ ब्रान्डमा ग्राहकको आकर्षण देखिएको छ। यस्तै भारतीय ब्रान्ड टाटा पन्च ईभीमा पनि ग्राहक आकर्षण देखिएको थियो।

    २४ सयभन्दा बढी सवारीसाधन बुकिङ

    नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा जारी शोमा शनिबारसम्म २४ सय भन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । व्यवसायीहरूद्वारा उपलब्ध तथ्याङ्क अनुसार शनिबारसम्म् २४ सय भन्दा बढी सवारीसाधन बुकिङ भएका हुन् । जसमा २ हजार चार पाङ्ग्रे र ४ सय वटा दुई पाङ्गे सवारीसाधन बुकिङ भएका छन ।

    यसपटकको नाडा अटो शोमा चिनियाँ ईभी गाडीको दबदबा रहेको छ । नामी, डिपल, बीवाइडी, स्काइवेललगायत चिनियाँ ब्रान्डमा ग्राहकको आकर्षण देखिएको छ भने भारतीय ब्रान्ड टाटा पन्च ईभीमा ग्राहकको आकर्षण देखिएको छ । दुई पांग्रे सवारीसाधनमा भने इन्धन सवारीसाधनतर्फ ग्राहकको आकर्षण देखिएको छ । 

    कुन कम्पनीको कति ? 

    अटो शोमा इन्धन सवारी साधनमा भन्दा बढी चाप विद्युतिय सवारीको स्टmमा छ । यस शोमा बिक्रेता कम्पनीहरूले विभिन्न छुट तथा अफरहरूको पनि व्यवस्था गरेका छन् । साथै, मूल्य घटाउने देखि गाडी किन्नको लागि आवश्यक कर्जाका लागि विभिन्न बैंकहरूले कम ब्याजदर अफर समेत गरेका छन् । 

    यस वर्षको नाडा अटो शोमा २३ चारपांग्रे, १९ दुईपांग्रे, १३ हल्का व्यावसायीक सवारीसाधनका ब्राण्डले प्रदर्शनी गरेका छन्। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन र ११ वित्तीय संस्थाले सहभागिता जनाएका छन् । शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका हुन् ।

    पन्च इभी ४६८ युनिट बुकिङ

    टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको अनुसार नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ्ग भईसकेको र अन्तिम दिनसम्म ५०० युनिट बुकिङ हुने अपेक्षा गरिएको बताएको छ । यस वर्षको नाडामा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।

    टाटा पन्चको शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा पनि गरेको छ ।

    ट्राइम्फका मोटरसाइकलमा झुम्मिए अवलोकनकर्ता, १७० भन्दा बढी बुकिङ

    नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा। लिको अनुसार यस बर्षको नाडा अटो शोको पाँचौ दिनसम्ममा १७० भन्दा बढी  मोटरसाइकल बुकिङ भएको जनाएका छन् । 

    मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको कम्पनीले जनाएको छ । साथै, यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ ।

    ९९ वटा स्काइवेल गाडी बुकिङ

    विक्रेता कम्पनी जी मोटर्सका अन्ुसार नाडा अटो सोमा प्रदर्शनमा राखिएका स्काइवेल विद्युतीय गाडी ९९ वटा बुकिङ भएका छन् । यो उच्च रेन्ज दिने चिनियाँ विद्युतीय गाडी हो । शनिबारसम्म ९९ वटा गाडी बुकिङ भइसकेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । आइतबार अन्तिम दिन थप ५० भन्दा बढी गाडी बुकिङ हुने विश्वास रहेको उनले बताए ।

    यो गाडी एकपटक फुल चार्ज गरेपछि ६ सय २० किलोमिटरसम्म गुडाउन सकिन्छ । नाडा अटो सोमा बुकिङ गरेमा चार लाख १० हजार रुपैयाँसम्म छुट पाउन सकिन्छ । विशेषता र क्षमताका आधारमा ८० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडी रहेका छन् । गत वर्षको नाडा अटो शोमा भने कम्पनीले आयात गरेको गाडी समयमै आइपुग्न नसकेपछि स्टल मात्र राखेर भिडियो देखाउँदै जानकारी दिएको थियो।

    ४४३ युनिट नामी गाडी बुकिङ

    अटो शोको पाँचौ दिनसम्ममा ४४३ युनिट नामी गाडी बुकिङ भइसकेको वितरक ‘मोरङ अटो वक्र्स (एमएडब्ल्यू) बृद्धि’ले जनाएको छ । चिनियाँ अटो निर्माता डोङफेङ मोटर्सले उत्पादन गरेको यो गाडी अहिले नाडा अटो शोमा ई–१ ई–२ र ई–३ गरी तीन भेरियन्टमा उपलब्ध छ । 

    कम्पनीले ई–१ भेरियन्टको मूल्य २९ लाख ९९ हजार, ई–२  भेरियन्टको ३१ लाख ९९ हजार र ई–३ भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसको सुरुआति भेरियण्टको गाडी किन्न जम्मा ६ लाख रुपैयाँ डाउन पेमेण्ट तिरे पुग्ने कम्पनीले जनाएको हो ।

    १०० भन्दा बढी दिपल गाडी बुकिङ 

    नेपालका लागि प्रिमियम र इन्टिलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिको अनुसार शनिबारसम्म दिपल १०० भन्दा बढी बुकिङ भएको जनाएको छ । आकर्षक डिजाइनको गाडी र आकर्षक अफरले दिपल अहिले नाडा अटो शोमा आकर्षणको केन्द्र बनिरहेको कम्पनीले जनाएको हो । 

    यस्तै, यी कम्पनीहरू बाहेक हुन्डाई मोर्टसको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिलेसम्म ७५ वटा, बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ४७७, जेको र ओमोडाको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्सले २९५ युनिट गाडी बुकिङ भएको जनाएका छन् । 

    यसैगरि सेरेस १७७,एक्सपेङ १२, भोल्ट्स ३५, अवतार १०, बिएडब्लु ३८, जिकर २५ युनिट गाडी बुकिङ भएका जनाएको छ भने, दुई पा‌ङ्ग्रेमा एथर ४०, रोयल इन्फिल्ड २५, बजाज ३०, सिएफमोटो ३० बाइकहरू बुकिङ भएका जनाएका छन् । यस बाहेक अन्य ब्राण्डले भने बुकिङको संख्या खुलाएका छैनन् ।

    ७५ हजारले गरे अवलोकन

    दिनसम्मको लागि आयोजना भएको मेलामा ५औँ दिनसम्म अर्थात शनिबारसम्ममा करिब ७५ हजारले अवलोकन गरेका छन् । 

    नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका संयोजक अनुपकुमार बरालका अनुसार पाँच दिनान ७४ हजार ६९७ जनाले स्टल भिजिट गरेका हुन् । शनिबार मात्रै १८ हजार ४९७ जनाले अवलोकन गरेका थिए । 

    पहिलो दिन अर्थात मंगलबार साढे ८ हजारले अवलोकन गरेका थिए । बुधबार १५ हजार, बिहिबार १५ हजार ५ सय र शुक्रबार १७ हजार २ सय जनाले अवलोकन गरेको बरालले बताए । अटो शो आज सम्पन्न हुदैछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार