images
images

३ प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम !

३ प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम !

‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखाएको हो ।

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • ३ प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम !

    काठमाडौँ / तीनओटा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखाएको हो । 

    आर्थिक वर्ष ०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

    वित्तीय पहुँच, कर्जा उपयोग, उद्योग सञ्चालनलगायत वित्तीय क्षेत्रका महत्त्वपूर्ण आयाम बाग्मतीमै केन्द्रित रहेको प्रतिवेदनले देखाएको छ । यो प्रदेशका कुल लगानीको ५९.७ प्रतिशत हिस्सा छ ।

    यसैगरी १५.१ प्रतिशत हिस्सासहित दोस्रोमा धेरै विदेशी लगानी केन्द्रित रहेको प्रदेश गण्डकी हो भने तेस्रोमा १४.७ प्रतिशत हिस्सासहित कोशी प्रदेश छ  भने मधेश प्रदेशमा ८.८ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।


    यस्तै, सुदूरपश्चिममा प्रदेशमा ०.९ प्रतिशत र लुम्बिनी प्रदेशमा ०.८ प्रतिशत र कर्णाली प्रदेशमा ०.०२ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल (आरओई) करिब ११.६१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

    ११.८ प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

    नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा देशमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढेर २ खर्ब ९५ अर्ब ५० करोड ?पैयाँ कायम भएको हो । 

    प्रतिवेदनअनुसार नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ अर्थात ३५ प्रतिशत लगानी रहेको देखिन्छ । त्यसपछि चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ अर्थात १२ प्रतिशत लगानी रहेको छ ।

    नेपालमा कुन देशको लगानी कति ?

    2.PNG

    उद्योग क्षेत्रमा घट्दै लगानी

    स्वदेशी लगानी जस्तै नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि उद्योग क्षेत्रमा घट्दै गएको र सेवा क्षेत्रमा बढ्न थालेको सरकारी प्रतिवेदनले देखाएको छ । 

    अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ६२.६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा घटेर ५९.७ प्रतिशत कायम भएको छ । तर सेवा क्षेत्रमा भने विदेशी लगानीको हिस्सा बढ्दो छ । 

    यसअनुसार अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ३७.३ प्रतिशत हिस्सा सेवा क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा बढेर ४०.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । तर कृषि क्षेत्रको रहेको विदेशी लगानीको हिस्सामा भने परिवर्तन भएको छैन । अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ०.१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा लागनी भएकामा आर्थिक वर्ष ०७९/८० मा पनि यस्तो हिस्सा परिवर्तन भएको छैन । 

    ‘नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् धक्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको देखिन्छ ।’

    लाभांश शीर्षकमा मुलुकबाट बाहिरियो १७ अर्ब ३३ करोड रुपैयाँ 

    पछिल्ला वर्षहरूमा नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दा सोही अवधिमा विदेशी लगानीको लाभांशबापत मुलुकबाट बाहिरिने रकम धेरै हुने गरेको प्रतिवेदनले देखाएको छ । 

    राष्ट्र बैंकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल ६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ भने सोही वर्ष विदेशी लगानीको लाभांश शीर्षकमा मुलुकबाट १७ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको छ । 

    नेपालमा विभिन्न क्षेत्रका ५८ राष्ट्रबाट वैदेशिक लगानी आउने गरेको भए पनि हरेक वर्ष विदेशी लगानीको लाभांशबापत बाहिरिने रकम धेरै रहेको प्रतिवदेनले देखाएको हो ।

    प्रतिवेन अनसार गत बर्ष सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा लगानी गरेबापत लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरूले नेपालमा लगानी गरेवापत् उत्पादनमुलक क्षेत्रबाट ८ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष सूचना प्रविधि क्षेत्रमा लगानी गरेवापत ३ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका छन् । 

    यस्तै बैंक तथा बीमा सेवा क्षेत्रबाट ३ अर्ब ५० करोड रुपैयाँ, विद्युतीय उपकरणमा लगानी गरेवापत् १३ करोड रुपैयाँ, खाद्य क्षेत्रबाट २ करोड २८ लाख रुपैयाँ, स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट २८ लाख रुपैयाँ, यातायात तथा भण्डारण क्षेत्रबाट ४ करोड २९ लाख रुपैयाँ र अन्य क्षेत्रबाट १ अर्ब ११ करोड रुपैयाँ विदेशी कम्पनीहरूले लाभांश लिएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    आर्थिक वर्ष २०७८/७९ मा भने नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले कुल १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको थियो । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांश बाहिरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार