images
images

नाडामा मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरूद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

नाडामा मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरूद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • नाडामा मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरूद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

    काठमाडौँ / टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।

    images
    images

    एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ। यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् ।
    साथै, ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरू पनि यस भेरियन्टमा उपलब्ध छ । 

    एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य २ लाख ७९ हजार ९०० सय रुपैयाँ रहेको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरूका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ । 

    टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ ।  

    nada news.JPGसाथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ ।

    एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरूले  राइडरहरूलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाइ स्वभाविक रूपमा आकर्षित गर्नेछ ।

    नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार