images
images

‘नाडा अटो शो’मा ट्राइम्फका मोटरसाइकलमा झुम्मिए अवलोकनकर्ता, १५० भन्दा बढी बुकिङ

‘नाडा अटो शो’मा ट्राइम्फका मोटरसाइकलमा झुम्मिए अवलोकनकर्ता, १५० भन्दा बढी बुकिङ

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • ‘नाडा अटो शो’मा ट्राइम्फका मोटरसाइकलमा झुम्मिए अवलोकनकर्ता, १५० भन्दा बढी बुकिङ

    काठमाडौँ / यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको छ ।

    images
    images

    नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि ले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ ।

    यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको छ ।

    “यस उपलब्धीले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ,” गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, “यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ ।”

    ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकहरुका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार